काठमाडौं । प्रधानमन्त्री पुष्पमकल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहकार्य तोडिएपछि तिक्तता पढेपनि पछिल्लो समय देउवा प्रधानमन्त्रीसँग केही लचक देखिएका छन् । पहिलो पटक गत मंगलबार राति प्रधानमन्त्री र देउवाबीच भेटवार्ता भएको ४८ घण्टा नपुग्दै देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको हो । जब प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएसँगै प्रधानमन्त्रीलाई भेट्न देउवा दौडधुप गरिरहेका छन् ।



आसन्न उपनिर्वाचमा सत्तारुढ दलहरुबीच साझा उम्मेदवारका सन्दर्भमा एक मत हुन नसकेको अवस्थामा दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



