प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झनलाथ खनालबीच एकघण्टा वार्ता भएको छ। मंगलबार बिहान प्रचण्ड र खनालबीच वार्ता भएको हो। एकीकृत समाजवादी सदूरपश्चिममा कांग्रेससहितको गठबन्धनमा सामेल भएपछि सत्तागठबन्धनभित्र हलचल पैदा भएको छ।

केन्द्रमा पाँचदलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँगको सहकार्यमा उभिएपछि सत्तागठबन्धनमा संशय पैदा भएको छ । वाम सहकार्य र सुदूरपश्चिमको घटनाक्रमबारे दुई नेताबीच छलफल भएको बुझिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन् । यस्तो अवस्थामा प्रचण्ड र खनालको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय