काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ ।

१३ अप्रिलमा आफूमाथि भएको आक्रमणको जवाफ भन्दै इजरायलले इरानमाथि मिसाइल प्रहार गरेको हो । इरानी सेनाको ठूलो एयर बेस रहेको उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ । इरानको परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् । गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । इरानको परमाणु सुरक्षा प्रमुख जनरल अहमद हकतलबले आफ्नो परमाणुलाई निशाना बनाए इजरायललाई गम्भीर प्रतिक्रिया दिइने बताएका छन् । इजरायल र इरान दुवै शक्तिशाली छन् । आकारमा सानो भए पनि ९० लाख जनसंख्या भएको इजरायल सैन्य क्षमता र आधुनिक प्रविधियुक्त रक्षा प्रणालीमा सशक्त छ । उसलाई विश्व शक्ति राष्ट्रहरू अमेरिका, बेलायत, फ्रान्सलगायतले साथ दिँदै आएका छन् ।

 

खासगरी परमाणु हतियारका कारण ९ करोड जनसंख्या भएको इरानलाई शक्तिशाली मानिन्छ । इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय