दोलखा- दोलखाको तामाकोसी नदीमा डुबेर स्थानीय दुई युवा बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका ८ का २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
‘उनीहरु शुक्रबार दिउँसो ३ बजे नै नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन्। यो जानकारी शनिबार बिहान नौ बजे मात्रै थापा पाउको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले बताए । खबर पाए लगत्तै प्रहरीको टोली बेपत्ता युवाको खोजीमा परिचालन भएको उनले जानकारी दिएकाछन्। अहिले पनि नदी क्षेत्रमै खोजी जारी रहेको उनले जानकारी दिएका छन् ।



स्थानीय मेलामा गएका उनीहरु नुहाउन भनेर नदीमा गएका थिए। तर, नुहाउन भनेर नदीमा गएका उनीहरु साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा दुबैले लगाउने कपडा नदीको डिलमा फेला परेको थियो। सोही आधारमा उनीहरु नदीमा बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको हो।



