काठमाडौं । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । बैशाख २६ गते सम्पन्न हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

यसवर्ष परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र छन् भने ग्रेड बृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । परीक्षा बोर्डले देशभर १ हजार ५ सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरी कुल १ हजार ५ सय २६ वटा परीक्षा केन्द्र तोकेको छ । काठमाडौंमा पहिलो पटक बोर्डले स्वचालित स्यान्डम प्रक्रियाबाट परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा निर्वाध रुपमा संचालनको लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार१ सय ७१ जनशक्ति र १८ हजार ३ सय प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय