इलाम । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले नेम्वाङलाई पच्छ्याइ रहेका छन् ।
नेम्वाङले खड्कालाई झण्डै ४ हजार मतले पछि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ७८ मत पाएका छन् भने खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन् । नेम्वाङ र खड्का बीचको मतान्तर ३ हजार ७ सय ५४ रहेको छ ।



त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्रका उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा छन् भने गृहमन्त्री रवी लामिछानेले नेतृत्व गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २ सय ६० मत मात्र पाएका छन् ।
अहिलेसम्म फाकफोकथुम, माङ्सेबुङ र चुलाचुली गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको र माई नगरपालिका ६ र ७ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए ।



