काठमाडौं । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाइँदै छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।



सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा प्रेस स्वतन्त्रता दिवस सम्मेलन भइरहेको छ ।



