काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्युभएको छ ।
१५ हजार वर्गफिटको होर्डिङ बोर्ड आँधीका कारण ढल्दा ७४ जना भन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।



मुम्बईमा वर्षा र धुलोको आँधीले ७० मिटर लामो होर्डिङ बोर्ड घर र पेट्रोल स्टेसनमा ढलेको थियो ।



