सरकारले खेलकुद पूर्वधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेले मंगलबार सं‌घीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणको कार्यलाई प्राथमकिता दिइने बताएका हुन्।

काठमाडौंको मुलपानी, मोरङको विराटनगर, कैलालीको भाप्लालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेत रंगशाला स्थानीय तहसँगको साझेदारीमा अघि बढाइने उल्लेख गरिएको छ।

क्रीर्तिपुर रंगशालाको स्तरोन्ती प्राथमिकताको साथ अघि बढाउने उल्लेख छ।खेलाडीलाई प्रोत्साहन गर्न जीवन निर्वाह भत्ताको व्यवस्था गरिने पनि उल्लेख गरिएको छ। नेपाली स्थानीय खेललाई प्रवर्द्धन गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय