पुर्वराजा ज्ञानेन्द्र शाहले पाटन पुगेर बंगलामुखी र कृष्ण मन्दिरको दर्शन गरेका छन । पाटनको बंगलामुखि र कृष्ण मन्दिर पुग्दा उनलाई पाटनबासिले बाजागाजा सहित भव्य स्वागत गरे ।पुर्वराजाको स्वागतमा लामबद्ध भएर बसेका वृद्धवृद्धा र बालबालिकाहरुको समेत प्रर्वाह नगरी च्याउसरी उम्रएिका राजावादी संगठन र तिनका स्वयमसेवकहरुको हर्कतले पाटनबासि रुष्ट बनेका छन ।घण्टौ लाइनमा बसेर राजा लाई पुष्पगुच्छाले स्वागत गर्न खोजेका उनिहरु लाई सुरक्षाकर्मी र स्वयमसेवकले बलप्रयोग गर्दा केहि लाई चोट लागेको छ भनी संचारकर्मीले फोटो लिन खोज्दा अनावश्यक ठेलमठेलले गर्दा क्यामेरा फुटेको छ ।
पुर्वराजाको स्वागतमा पुगेका केशर बहादुर विष्ट लाई समेत सुरक्षकर्मीले दुव्यवहार गरेका छन । सुरक्षाका लागी खटिएका सशस्त्र प्रहरीहरुले अनावश्यक बल देखाएको भन्दै स्थानिय आक्रेशित बनेका हुन ।आयोजकले व्यवस्थापनमा खासै ध्यान दिन नसकेको र सुरक्षा निकाय सँग समन्वयको अभाव भएको प्रष्ट देख्न सकिन्थ्यो । देशभरका शक्तीपिठमा पुवाआजा गर्न बेलाबेला निस्कने पुर्वराजाले आफ्नो स्वागतमा आउनेहरुको स्वागत ग्रहण गर्न हरसमभव प्रयास गर्ने गरेको देखिए पनि उनको नाममा राजनितिको रोटी सेक्नेहरुले गरिरहेका यस्ता गल्त कार्यले स्वयम राजाकै गरिमा घटाई रहेको छ । आजको पाटन भ्रमणमा पनि हजारौंको संख्यामा उपस्थित भएका शुभेच्छुक र विदेशीहरु समेत राजा लाई प्रत्यक्ष भेटन र हेर्न चाहान्थे , तर स्वयमसेवक र सुरक्षकर्मीको हस्तक्षेपले उनिहरुको त्यो इच्छा पुरा हुन पाएन ।



जुन कुराले राजा प्रति नकारात्मक भावना बढाउन सहयोग गरिरहेको छ । यसतर्फ स्वयम राजा , उनको सचिवालय र आयोजक गम्भिर बन्नु पर्ने देखिन्छ ,नत्र यस्ता कार्यले राजा लाई असर गर्ने कुरामा दुईमत देखिदैन ।



