काठमाडौं । ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौमा सुरु भएको छ ।वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनले हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षणको लागि चन्द्रागिरिमा दुई दिने संवाद थालिएको हो ।
साब्टाको ६०औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र तयार गर्नु नै मन्त्रालयको उद्देश्य रहेको छ । दुई दिनसम्म हुने संवादबाट निस्किएको निष्कर्षलाई आगामी जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६० औं सत्रमा जोड्ने र त्यसपछि आगामी कोप–२९ का एजेण्डामा प्रवेश गराई संस्थागत गराउने लक्ष्य लिइएको छ ।संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभयो । संवादमा २५ देशका २ सय बढी विशेषज्ञ सहभागी रहेका छन् ।






