काठमाडौं । दलित, भूमिहीन, सुकुम्बासीहरुको भूमि अधिकारको निम्ती सप्तरीदेखि चुरे संरक्षणसहित १२ बुँदे माग राख्दै पैदल यात्रा हिँडेका २३ जनाको टोली २५औँ दिनमा काठमाडौंको माइतीघर मण्डला पुगेको छ ।
उनीहरुले केही व्यक्ति गैरकानूनी ढंगले चुरे तथा वन जंगल विनास गर्ने कार्य तीब्र गतिमा लागेको भन्दै चुरे दोहान, वनजंगल विनास तथा चोरी निकासी जस्ता कार्यहरु अबिलम्ब रोक्न र चुरे तथा वन जंगल संरक्षण गर्न सरकारलाई दबाब दिन काठमाडौं आइपुगेका हुन् । चुरे तथा वन जंगल विनासले जमीन मुनिको पानीको स्तर कम हुँदै गएको, वातावरणको तापक्रम निरन्तर बढ्दै गएको, वातावरणको तापक्रम निरन्तर बढ्दै गएको र जमीनको उत्पादन क्षमतामा निरन्तर हस भइरहेकोले यसलाई जोगाउन सबैले पहल गर्नुपर्ने चुरे अभियन्ता सुनिल यादवले बताउनु भयो ।



उहाँले अघिल्लो वर्ष सरकारसँग यही विषयमा सहमति भएपनि कार्यान्वयन नभएपछि पुनः आन्दोलन गर्दै सरकारलाई झक्झकाउन काठमाडौं आउनु परेको बताउनु भयो ।




