सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा एकघण्टा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताएका छन् । मापासेमा परेकाहरुलाई सडकमा एक घण्टा स्वयसेवककारुपमा खटाईएपछि गृहमन्त्री लामिछानेको चर्को विरोध भएको थियो ।






