सिन्धुलीमा –मोटरसाइकल दुर्घटना हुँदा एक जना असईको मृत्यु भएको छ भने अर्का एक प्रहरी गम्भीर घाइते भएका छन्। जिल्लाको फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकी तर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको स्थानियले बताए ।

मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको जनाईएको छ ।दुर्घटना पछि खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । सो घटनामा तनहुँको भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको पनि अवस्था गम्भीर भएका छन् ।श्रेष्ठको खुर्कोट स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय