काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल दोहाबाट स्वीट्जरल्याण्ड जानुभएको छ ।
मंगलबार राष्ट्रपति पौडेल कतार पुग्नुभएको थियो । पौडेललाई हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले स्वागत गरेका थिए । जेनेमा जाँदा पनि सोही टोलीले नै राष्ट्रपतिलाई विदाई गरेको थियो ।



राष्ट्रपति पौडेल बिहीबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुनेछन् । यस क्रममा उहाँले विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ ।



