काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक (ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
२०८० को एसईईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ गते बुधबारदेखि परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षाको आवेदन कार्यालयको वेबसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिन छ ।



परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा साउन ३१ गतेसम्म संचालन हुनेछ ।
परीक्षा तालिका




