काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिकलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
आदेशमा शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने उल्लेख छ । अदालतको आदेशसँगै प्रतिकलाई थापालाई केन्द्रीय कारागार लगिएको छ । यही प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् ।



कांग्रेस नेता बालकृष्ण खाँण भने धरौटीमा रिहा भएका थिए ।



