काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको छ । दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका हुन् ।

अल्पमतमा परे पनि राजीनामा नदिई सदन फेस गरेका दाहालले राखेको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३ मत मात्रै प¥यो । विपक्षमा १९४ मत थियो । मत दिन्न भन्नेमा एक मत पर्यो । प्रतिनिधिसभामा भएको मतदानमा २ सय ५८ सांसद उपस्थित थिए । विश्वासको मत नपाएसँगै प्रधानमन्त्री पदमुक्त भएका छन् । अब नयाँ सरकार गठनको बाटो खुलेको छ । ९ वर्षपछि माओवादी प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ ।

नयाँ समीकरण अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय