काठमाडौं । चन्द्रागिरि नगरपालिको प्राथमिक अस्पतालमा आँखाको पनि उपचार हुने भएको छ ।

दृष्टि आई केयर सेन्टर कलंकीको सहकार्यमा प्राथमिक अस्पतालमा आँखाको उपचार हुन लागेको हो । नगरकै एकमात्र प्राथमिक अस्पतालमा आँखाको सेवा प्रदान गर्ने भनि चन्द्रागिरि नगरपालिका र दृष्टि आई केयरका निर्देशक डा. भाइराजा श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थिति गोदाममा रहेको प्राथमिक अस्पतालमा मुटु रोग, स्त्री रोग र रेडियोलोजीलगायतका विशिष्टिकृत सेवा संचालन हुँदै आएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय