काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । साउन ६ गते बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्न लाग्नु भएको हो ।
ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही फरक गरेर देखाउन निर्देशन दिनुभएको छ ।



कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको छ । एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री भएका छन् ।
यसैगरी लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री भएका छन् ।



