काठमाडौं । पाकिस्तानको स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘ओभरसुट’ गरेको छ ।
फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ ।



एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको बताएको छ ।



