काठमाडौं । प्रहरी वृत्त थानकोटले महिलालाई दुर्व्यवहार गरेको भन्दै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम घर भएका विश्व लामा भन्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य सुवेदीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ बस्ने एक महिलाले आफुमाथी दुर्व्यहार भएको भन्दै उजुरी दिएपछि लामालाई पक्राउ गरिएको बताउनु भयो । डिएसपी सुवेदीले लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो ।

पीडित महिलाले उक्त व्यक्ति मादक पदार्थ सेवन गरी आएको र आफुले संचालन गरेको पसलमा आई जथाभावी बोलेर आफुमाथी दुर्व्यहार गरेको बताउनु हुन्छ । स्थानीयले लामाको अनैतिक हर्कतपछि प्रहरी कार्यालयमा शुक्रबार उनीविरुद्ध उजुरु दिएका थिए । लामाविरुद्ध उजुरी दिएपनि प्रहरी प्रशासन भने यो विषयमा गम्भीर नभएको पीडित पक्ष बताउँछन् । प्रहरी वृत्त थानकोटले यो विषयलाई सामान्य रुपमा लिएको भन्दै लामालाई कारवाही प्रक्रिया अघिबढाउनुको साटो केशलाई कमजोर बनाउन तर्फ लागि परेको आरोप समेत लगाएका छन् ।

स्थानीयले लामा गुण्डागर्दी गर्दै चन्दा असूली गर्ने धन्दामा सक्रिय रहेको बताउँछन् । उनी केही दिन अघि मात्रै थानकोट चित्लाङ सडकखण्डका ठेकेदारसँग चन्दा असुलीको लागि पुगेको र नपाएपछि कामदारलाई कुटपिट गरी दुई जनालाई घाइते समेत बनाएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय