काठमाडौं । सहकारीको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेलाई समितिले सोधपुछका लागि बोलाएको हो । समितिले हालसम्म सहकारी हिनामिना प्रकरणमा जोडिएका ४९ जनाको बयान लिइसकेको छ । तीमध्ये २२ जनालाई विभिन्न जेलबाट झिकाएर बयान लिइएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिनुभयो ।

आगामी भदौ २३ गते भित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको समिति सदस्य दाहालले बताए । गत जेठ १५ गते बनेको छानबिन समितिलाई काम सुरु गरेको मितिले ३ महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय