मर्याङ्दीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ ।
बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयासको झण्डै सात घण्टापछि बस निकालिएको हो । सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकिालिएको हो । बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास गरिएको थियो । उक्त सडकखण्ड बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।



बस सडकमा निकालेसँगै अब बन्द गरिएको सडक पनि खुल्ने छ । नदीभन्दा थोरै माथि रहेको पहराका कारण बस निकाल्न समस्या भएको थियो । अर्को क्रेनको सहायतमा बस नदीबाट निकालिएको हो । भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्यायाङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए । मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ ।
अर्का एकजना मस्र्याङ्दी नदीमै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ता व्यक्तिको पनि खोजी भइरहेको छ ।



