काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकोले कोशी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो बागमती, कोशी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मभहाशाखाले बताएको छ ।



