काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठकमा मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुहुने छ । बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ ।

यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सचिव सुरेश अधिकारीले जानकारी गराउने हुनेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय