राष्ट्रपति रामचन्द्र पौडेलले रणउजेश्वरी भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । पाल्पाको तानसेनमा वीरताको प्रतीकको रूपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा निकालिएको हो ।

शुभ साइतमा निकालिएको रथयात्रा दिनभरि तानसेन बजार घुमाइएको थियो । भगवती जात्राको रूपमा परिचित रथयात्रालाई विजयको खुसीयालीको सम्झनामा निकालिने भएकोले यो जात्रा अबिर जात्राको रूपमा चिनिन्छ । भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमी साँझदेखि नै जाग्रामबसी नवमीको दिन दिउँसो स्थानीय भगवती मन्दिरबाट रथयात्रा सुरु गर्ने गरिन्छ । रथयात्रा निकालेपछि तीन पटक मन्दिरको परिक्रममा गरी बजार घुमाइन्छ । तानसेन नगरका विभिन्न स्थानहरूमा भोग, बली र फूल प्रसाद ग्रहण गरी साँझ मन्दिरमै विसर्जन गर्ने परम्परा छ ।

अंग्रेजसँगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष विजय जात्रा सञ्चालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहास छ । राष्ट्रको जीत भएको अवसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रूपमा पनि लिइन्छ
।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय