काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाउँमा वर्षेनी आयोजना हुने लाखे नाच आज हुँदैछ ।

भगवान विष्णुको मत्स्य अवतारको दर्शन हुने विश्वको एकमात्र स्थान चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको मच्छेनारायण मन्दिर परिसरमा नेवार समुदायले आफ्नो सस्कृति झल्कने बाजागाजासहित लाखेनाच निकाल्ने गरेको नेपाल साँस्कृतिक कला मन्दिरले जनाएको छ ।

स्थानीय गणेश जात्रा, महालक्ष्मी जात्रा, विष्णुदेवी जात्रालगायतमा देखाइने लाखेनाच मच्छेनारायण मन्दिर परिसरमा पनि देखाइन्छ । जसले जात्रामा थप रौतकता थपेको छ ।

आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं भन्ने नाराका साथ यो वर्षको जात्रा मनाइँदै छ । यो जात्रा शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय