काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या बढेर पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा देखिएको जनाएको छ ।

तीन जनाको डेंगु सङ्क्रमणले मृत्यु भएको महाशाखाका कीटजन्य रोग शाखाले जनाएको छ । डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाले गण्डकी प्रदेशमा सबैभन्दा धेरै २ हजार ४ सय ४० जनामा संक्रमण भएको छ ।

कोशी प्रदेशमा ७ सय ४९, मधेशमा ८६, बागमतीमा १ हजार ४ सय ८६, लुम्बिनी ४ सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ । काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

वर्षाको बेला संकलन गरेर राखिएको पानीमा लामखुट्टे रहने र त्यसले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय