काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा नतिजा असोज महिनाको पहिलो हप्तामै प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का उप–नियन्त्रक भक्त गोदारले अहिले धमाधम इन्ट्री र उत्तरपुस्तिका परीक्षणको काम भइरहेको जानकारी दिनुभयो ।

२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको एसइई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म संचालन भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते एसइईको नतिजा सार्वजनिक गरेको थियो । तर सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए । ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी फेल भएका थिए ।

मौका परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भन्दा बढी भए पनि दुई लाख १० हजार मात्रै परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय