काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ बाट दुई जना आमालाई उद्दार गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले वडा नम्बर ८ मातातीर्थ कुवापानी चौरको पार्टीमा बस्दै आउनु भएका दुई जना आमालाई उद्दार गर्नुभएको हो । उपप्रमुख श्रेष्ठले आफु केही दिन अघि मनिङ वाक आउँदा ती आमाहरुलाई पार्टीमा बसेको देखेपछि उहाँहरुलाई त्यस स्थानबाट अन्यत्र लगिएको जानकारी दिनुभयो । उहाँले त्यस्ता व्यक्तिहरुको गाँस, बाँस र कपासको जोहो गर्नु स्थानीय सरकारको दायित्व भएकोले आफुले दुई जना आमाको लागि मानव सेवा आश्रम बालाजुमा कुरा गरेको र सोही ठाउँमा लगिएको बताउनु भयो ।




दुई जना आमाको उद्दार नगरपालिकाले गरेपछि नगरको श्रहानीय काम भन्दै स्थानीयले प्रसंसा गरेका छन् । उहाँहरुले ती दुई जना आमा विगत ५ वर्षदेखि सोही ठाउँमा बस्दै आएको बताएका छन् । अन्दाजी ८६ वर्षीया आमालाई चरि दिदी भनेर बोलाउने गरेको र अर्को अन्दाजी ६० वर्षीया आमाको नाम थाहा नभएको स्थानीय बताउँछन् । दुवै जना एकै ठाउँमा बस्दै आएको र ती आमाहरुलाई खानको लागि यही वरिपरिका व्यक्तिले दिंदै आएको स्थानीय बताउँछन् । उहाँहरुले ती दुबै जना आमा दिनभर फोहोर प्लाष्टिक, कपडा, भाडाकुडा बटुली आफु बस्ने ठाउँमा लाने गरेको र त्यही फोहोर भाडामा खाने, सुत्ने र बस्ने गरेको बताउँछन् ।
चन्द्रागिरि नगरपालिकाले ती दुबै जना आमालाई बालाजुको आश्रममा लगि जिम्मा लगाएको छ ।







