काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका तीज पशुपतिनाथ मन्दिर परिसमा व्रतालु महिलाहरूले नाँचगान गरेर मनाएका छन् । पशुपतिनाथको दर्शनका लागि आएका व्रतालुहरूले पूजाआजापछि नाँचगानसहित तीज मनाएका हुन् ।

केही व्रतालुहरूले तीजमा आ–आफ्नो समूह बनाएर नाँचगान गरिरहेका देखिन्थे । कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिन्थे । बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको छ । बिहान केही समय पानी पर्नाले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो । दिउँसो ४ बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मूल मन्दिरभित्र करिब ६ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा वर्तालु महिलालाई मात्र प्रवेश गराएको छ । धेरैभन्दा धेरै महिला वर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले विशेष पूजाको रसिद पनि काटिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय