काठमाडौं । चन्दनभर्राटेश्वर महादेव मन्दिरमा लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिले सोमबार अर्थात पाँचौ दिनको आम्दानी हिसाब सार्वजनिक गरेको छ । समारोह समितिका अध्यक्ष विवेक ढकालले २०८१ भदौ २४ गते श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा १० लाख ९ हजार २ सय १५ रुपैयाँ संकलन भएको जानकारी दिनुभएको हो । उहाँले महायज्ञको चौथो दिन आइतबार ४ लाख ३३ हजार ८ सय ४९ रुपैयाँ उठेको पनि जानकारी दिनुभयो ।

समितिले २०८१ भदौ २० गतेबाट सुरुभएको महायज्ञको पहिलो र दोस्रो दिन गरी ३ लाख ७९ हजार ६ सय ७२ रुपैयाँ र तेस्रो दिनमा ३ लाख १५ हजार ६ सय ४१ रुपैयाँ भक्तजनबाट संकलन भएको जानकारी दिएको छ । अध्यक्ष ढकालले महायज्ञको पाँचौ दिनसम्ममा २१ लाख ३८ हजार ३ सय ७७ रुपैयाँ संकलन भएको बताउनु भयो । ढकालले आम्दानीको हिसाब दैनिक रुपमा सार्वजनिक गर्ने तथा खर्चको हिसाब महायज्ञ सम्पन्न भएको तीन दिनभित्र गरिसक्ने जानकारी दिनुभयो । समितिले महायज्ञबाट उठेको पैसाले चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा ज्येष्ठ नागरिकको भवन निर्माणमा खर्च गर्ने भएको छ । महायज्ञमा प्रत्येक दिन विहान ७ बजेदेखि ११ बजेसम्म पूजा पाठ पारायण र ११ बजदेखि ४ बजेसम्म कथा वाचन भइरहेको छ । पण्डित बिष्णुहरि बराल कथा वाचक रहनुभएको छ भने श्रीमद् महायज्ञ २८ गतेसम्म संचालन हुनेछ ।

महायज्ञको सातै दिन रुद्राभिषेक, ग्रहशान्ति, तुलादान, चौरासी पूजा, पितृमोक्ष हेतु कार्य, प्रसाद वितरण र संगीतमय भजन कीर्तन तथा विविध कार्यक्रम हुनेछ ।

यो पनि पढ्नु होस् ।

चन्दनभर्राटेश्वर महादेव मन्दिरमा लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी सार्वजनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय