काठमाडौं । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सुरुङ्ग मार्ग नजिकै आएको लेदोसहितको पहिरोले राजमार्ग अस्तब्यस्त भएको छ ।

हिजो दिउँसो आएको वर्षासँगै लेदोसहितको पहिरोले राजमार्ग अस्तब्यस्त भएको हो । पहिरोको कारण १५ किलोमिटरसम्म सवारी जाम हुँदा यात्रुले कष्ट बेहोर्नु परेको थियो । रातभर सवारी जाम हुँदा चालक निदाए पछि ट्राफिक ब्यबस्थापनमा झनै समस्या हुन पुगेको थियो । आज दिनभर एकतर्फी रुपमा यातायात संचालन गरिएको र पहिरो आउने क्रम रोकिएपछि अहिले यातायात दोहोरो संचालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय