काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित बाणभञ्ज्याङमा ८ सय ग्राम गाजासहित एक जना पक्राउ परेका छन् ।
धरानबाट बनेपा जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८०८ नम्बरको यात्रुबसमा चेक जाँचको क्रममा गाजा बरामद गरिएको हो । प्रहरीले उक्त गाजा कुरियर गरी पठाइएको र सामान बरामद गर्न आउने व्यक्तिलाई पुल्चोकबाट पक्राउ गरिएको जनाएको छ ।
उक्त व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






