काठमाडौं । यो वर्षको दशैंको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।
बडा दशैंको अवसरमा गरिने कार्यहरूबारे समितिले जानकारी गराउँदै असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र असोज २४ गते फूलपातीका दिन तुलजा भवानी यात्रा विहान ७ बजेर ११ मिनेट तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा तोकिएको छ ।



असोज २५ गते शुक्रबार अष्टमी र नवमी एकै दिन परेको छ । यस्तै २६ गते विहान ११ बजेर ३६ मिनेटमा टीकाको साइत तोकिएको छ ।



