काठमाडौं । बिहीबारदेखि लगातार चार दिन मौसम बदली भई ठाउँ ठाउँमा भारी वर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार एक विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै ५६ जिल्ला रेड जोनमा रहेको उल्लेख गरेको छ ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावले बिहीबार देखि असोज १३ गते आइतबारसम्म पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित वर्षा हुने भएको छ ।

बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय