विराटनगर । यात्रुबहाक बस सप्तकोशी नदीमा खसेको छ । कोशी ब्यारेजको पुलबाट बस खसेको हो । प्रत्यक्षदर्शी उमेश मेहताले विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको बताएका छन् ।

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो । घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि नदीमा बस खसेको जानकारी आएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय