बिहीबार रातिदेखि अविरल परेको वर्षाले देशका विभिन्न स्थानमा बाढी पहिरो र डुवान भएको छ । बाढी तथा पहिरोमा परी फसेकाहरूको उद्धारका लागि सेना परिचालन गरिएको छ ।
यी स्थानमा नेपाली सेनालाई उद्दारका लागि परिचालन गरिएको छ ।



क) घनकुटा जिल्ला, पाख्रिबास न.पा.–५ मा पहिरो गई घर पुरेकोले उद्धार कार्यको लागि फौज खटिएको।
ख) ललितपुर जिल्ला, महालक्ष्मी न.पा.–२ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु मा.बि. डुबान परि ५ जना फसेको खबर प्राप्त हुनासाथ फौज उद्धार कार्यको लागि खटिएको ।
ग) ललितपुर जिल्ला, ल.उप.म.न.पा.–२ स्थित नख्खु इलाका डुबान परेकोले फौज उद्धार कार्यको लागि खटिएको ।
घ) ललितपुर जिल्ला, गोदावरी.न.पा.–६ स्थित टीकाभैरवमा रहेको leprosy hospital मा पहिरो गई ३ जना पुरिएकोले उद्धार कार्यको लागि फौज खटिएको ।
ङ) धनकुटा जिल्ला, धनकुटा.न.पा.–४ स्थित त्रिशुलामा रहेको स्थानीयको घर भासिएकोले उद्धार कार्यको लागि फौज खटिएको ।
च) काठमाडौं जिल्लाको त्रिपुरेश्वर, थापाथली ईलाका डुबान परेकोले उद्धार कार्यको फौज खटिएको ।
छ) ललितपुर जिल्ला, ललितपुर म.न.पा.–४ सानेपामा स्थानीयको धर डुबान परेकोले उद्धार कार्यको फौज खटिएको ।
ज) पाँचथर जिल्ला, फिदिम न.पा.–४ स्थित स्थानीयको घर पुरिएकोले उद्धार कार्यको फौज खटिएको ।



