ताकाकोशी नदीले खिम्ती लामासाँघु प्रशारण लाइनको टावर बगाएपछि काठमाडौंमा सप्लाई गर्ने विद्युतीय मुख्य प्रशारण लाइन अवरुद्ध भएको छ ।
तामाकोशी नदीले खिम्ती–लामासाँघु प्रशारण लाइनको ७ नं टावर बगाएपछि १३२ केभीको प्रशारण लाइन अवरुद्ध भएको हो । विद्युत् आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यकामा विद्युतीय सेवा प्रभावित भएको छ । यो लाइन नबन्दासम्म काठमाडौंलाई बिजुली अपुग हुनेछ । यसले गर्दा विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।



त्यस्तै ढल्केबर–पथलैया प्रशारण लाइन पनि अवरुद्ध भएको छ ।



