काठमाडौं । त्रिभुवन राजपथ अन्तरगत नागढुंगा नौविसे सडक खण्ड संचालनमा आएको छ । नागढुंगा प्रमुख प्रहरी निरिक्षक हेमकुमार थपलियाले शनिबार विहान गएको पहिरोले दुई वटा हाइस र एउटा बस पुरिएपछि अवरुद्ध भएको सडक तीन दिनपछि यातायात आलोपालो गरी संचालनमा आएको बताउनु भएको हो । उहाँले उक्त दुर्घटनामा ३५ जनाले ज्यान गुमाएको बताउनु भयो ।

गत शनिबार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको थियो । उक्त माइक्रोबसबाट १६ जनाको शव निकालिएको थियो । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुबाहक बसबाट पनि पहिरोमा पुरिएको अवस्थामा ५ जनाको शव निकालिएको थियो । गत शनिबार घटना घटनास्थलबाट १४ वटा शव निकालिएको थियो । घटनास्थलमा नेपाली सेना, एपीएफ र नेपाल प्रहरीले उद्दार कार्यलाई तीब्रता दिइरहेको छ ।

यसअघि २०५८ सालमा पनि सोही स्थानमा माथीबाट पहिरो खस्दा ११ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय