काठमाडौं । चन्द्रागिरि एकीकृत समाजले बडा दशैंको २०८१ को अवसरमा चङ्गाचेट कार्यक्रम आयोजना गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ चण्डिका देवी मन्दिरमा तेस्रो दशैं विशेष कार्यक्रम आयोजना हुन लागेको हो । चङ्गाचेटमा पहिलो स्थान प्राप्त गर्नेले २५ हजार, दोस्रोले १२ हजार र तेस्रो हुनले ७ हजार रुपैयाँ प्राप्त गर्नेछ ।



कार्यक्रममा सहभागी हुनको लागि यही असोज १७ गते बेलुका ५ बजेसम्म फारम दर्ता गराइ सक्नु पर्नेछ । प्रतियोगिता असोज १९ गते विहान १० बजे हुनेछ ।



