काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो । मर्मत गरी शनिबार बिहान आलोपालो सवारी आवागमन सुचारु गरिए पनि पुनः सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध हुनपुगेको हो ।



सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।



