काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको मूल्य ६७० निर्धारण गरेको छ भने १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी १ हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिव्रmी खुुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिएको छ । हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको जनाएको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्दछ । यसपालि दशैँमा कम्पनीले १ हजार १ सय खसीबोका र ३ सय च्याङ्ग्रा ल्याउने योजनामा छ ।



निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि नै खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् ।



