काठमाडौं । आश्विन शुक्ल पक्ष चतुर्दशी । बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजया दशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ । यो क्रम पूर्णिमासम्म रहन्छ । देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने गरिन्छ ।



आश्विन शुक्ल पूर्णिमाकादिन जमरा विसर्जन गरेसँगै टीका लगाउने क्रम समाप्त हुन्छ ।



