काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई नेपालले एक खेल अगावै जितेको हो ।

निर्धारित २० ओभरको खेलमा दुबै टोलीको बराबर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो । सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए । चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो । जवाफमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र आरिफ शेख आएका थिए । उनीहरुले तीन बलमा लक्ष्य पूरा गरे ।

आज बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाउँदै १७० रनमै समेटिएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर साइटेजा मुक्कामल्लले ४१ बलमा ४७ रनको योगदान गरेका थिए । दुई खेलाडीबीच शतकीय साझेदारी भएको थियो ।

नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे । सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिएका थिए । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । अब, तेस्रो खेल सोमबार बिहान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय