काठमाडौं । घरेलु टोली अमेरिकाले तेस्रो टी–२० आई खेलमा नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।

ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित ४३ रनको योगदान गरे ।

यसअघि कप्तान तथा ओपनर मोनान्क पटेललाई २ रन बनाउँदा सोपमाल कामीले एलबिडब्लु धरापमा पारेका थिए । तेस्रो नम्बर क्रिजमा आएका आन्द्रेस गौसलाई दुई रन जोड्दा रिजन ढकालले दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै दबाब सिर्जना गरेका थिए ।

नेपालका सोमपाल कामीले तीन विकेट हात पारे । रिजन र ललित राजवंशीको नाममा समान एक विकेट लिए । एक खेल अघि नै नेपालले शृंखला २–० ले जितिसकेको छ । नेपाल आज ‘क्लिन स्विप’ गर्ने योजनामा छ ।

यसअघि नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । दोस्रो खेल टाई हुँदा नेपाल सुपर ओभरमा विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय