अविरल वर्षाले क्षति भएको सुनकोशी नदीमा रहेको खुर्कोटको पुल निर्माण कार्य सम्पन्न भएपछि यातायात संचालनमा आएको छ । नेपाली सेनाले बेलिब्रिजको निर्माण सम्पन्न गरेसँगै मंगलबारबाट औपचारिक रुपमा यातायत संचालन आएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिंदै पुलको उद्घाटन गर्नुभएको थियो । असोजको ११ र १२ गते सुनकोशी नदीमा आएको बाढीले खुर्कोटस्थित मोटरेबल पुलको २ स्पान मध्ये रामेछाप तर्फको १ स्पान बगाउँदा रामेछापबाट सिन्धुली र तराईका विभिन्न जिल्ला एबं काठमाडौंसम्मको छोटो दुरीको सडक सञ्जाल टुटेको थियो । खुर्कोटको पुल बगेपछि बैकल्पिक सडकको रुपमा सित्खाको पुल भएर काठमाडौं र तराई जान बाध्य थिए । पुल बनेपछि दोलखा रामेछाप र ओखलढुंगालगायतका नागरिकहरु खुर्कोटको पुलबाट नै सहज यात्रा गर्न थालेका छन् ।



करिब ५३ मिटर लामो उक्त पुल नेपाली सेनाका प्रमुख सेनानी नारायण तुम्बाहम्फेको नेतृत्वमा रहेको प्राविधिकको टोलिले निर्माण कार्य सम्पन्न गरेको थियो ।






