काठमाडौं । अमेरिका ए विरुद्धको अभ्यास खेलमा नेपाल पराजित भएको छ । अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

घरेलु टोलीले टस जितर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले खराव प्रदर्शन गर्दै २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सक्यो । ब्याटिङमा निकै खराब प्रदर्शन गरेको नेपालका लागि कुशल मल्लले १८, देव खनालले १२ र कप्तान रोहित पौडेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमेरिका ए का लागि आरिन सुशील नाडकणरी ले ४ विकेट लिए ।

जवाफमा ८२ रनको सामान्य लक्ष्य पच्छ्याएको घरेलु टोलीले २३ ओभर १ बलमा ६ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि अमेरिकासँग ३ खेलको टी–ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो । अब नेपालले कार्तिक ९ बाट १९ गतेसम्म अमेरिकामा हुने आईसीसी विश्वकप लीग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने छ ।

सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

ग्राान्ड प्रेरि स्टेडियममा सबै खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय