काठमाडौं । अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्स प्रतियोगितामा ३ स्वर्ण र १ रजत पदक विजेता खेलाडी र प्रशिक्षकलाई चन्द्रागिरि नगरपालिकाले सम्मान गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४, ५ र ६ ले संयुक्तरुपमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँहरुलाई स्वागत तथा नगर परिक्रममा गराईएको थियो । परिक्रमाको क्रममा उहाँहरुलाई बाँजागाजासहित विभिन्न ठाउँमा सम्मान गरिएको थियो । चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले खेलाडीहरुको मनोबल उच्च राख्न र खेलाडीहरुको सम्मानस्वरुप अक्षय कोष खडा गर्नुभएको छ । उहाँले व्यक्तिगत रुपमा २० हजार रुपैयाँको चेक दिएर खडा गरेको अक्षय कोषको लागि सबैले सहयोग गर्नुपर्ने र आफुले अबको दिनमा सक्दो सहयोग गर्दै जाने पनि बताउनु भएको छ । अध्यक्ष खड्गीले खेलाडीकै कारण चन्द्रागिरि नगरपालिका अझ विश्वसामु परिचित हुन पुगेको बताउनु भयो ।

प्रतियोगिताको ३० केजी तौल समूहमा ब्रिनिस महर्जन, ७५ केजी समुहमा वीरचन्द्र नकर्मी र ७८ केजी समुहमा सतीस बलामीले स्वर्ण पदक जितेका थिए भने ज्ञानेन्द्र कुमार हमालले ५८ केजी समूहमा रजत पदक जित्न सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय